Logo

कर्पोरेट फोकस

राष्ट्र बैंकको कारवाहीमा ६ विकास बैंक र ४ फाइनान्स कम्पनी



नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले फाइनान्स कम्पनी तर्फ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना गरेको हो ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०८:४८   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।