Logo

अर्थ

बढ्यो सुनको मूल्य




काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १२:२३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।