काठमाडौं । माया खोला हाइड्रोपावरले आज (माघ १३ गते)देखि सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगार गरिरहेका नेपालीहरूका आइपिओ निष्कासन गरेको थियो । अहिले भने सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपिओ निष्कासनका लागि छुट्याएको थियो ।
त्यस मध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ४० हजार कित्ता कम्पनीले छुट्याएको थियो । त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ ।
बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो । उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । कम्पनीको आइपिओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।




















प्रतिक्रिया