काठमाण्डौँ । कालिञ्चोक दर्शन लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) अर्को हप्ता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट अर्को साता गर्ने तयारी भएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट गर्दा जम्मा ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् भने बाकि १३ लाख बढी आवेदकको हात खालि रहने छ। कम्पनीले सर्वसाधारणको लागि ८ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशन गरेको हो ।




















प्रतिक्रिया