काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज पाँच सयले बढेर एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँचले बढेर प्रतितोला एक हजार तीन सय ७० पुगेको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया