Logo

अर्थ

नेप्से परिसूचक ४.९७ अंकले बढ्यो




काठमाडौं । आज सेयर बजार झिनो अंकले उकालो लागेको छ । नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ०.५३ अंकले घटेर ४०१.१६ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ७६ करोड ७० लाखमाथिको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको छ । ११० कम्पनीको सेयर मूल्य बढेको छ, भने ९३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:२५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।