Logo

अर्थ

सुनको मूल्य घट्यो




काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ११:४९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।