Logo

अर्थ

तोलामा २ हजारले घट्यो सुनको मूल्य




काठमाडौं । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ११:४०   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।