Logo

अर्थ

सेयर बजारमा ६०.८८ अंकको गिरावट



काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  उच्च अंकले घटेको छ । आज नेप्से ६०.८८ अंकले घटेर २१२१.७५ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १०.९९ अंकले घटेर ४०४.४३ बिन्दुमा पुगेको छ ।त्यस्तै, तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन्। आज कारोबार भएका कम्पनीमध्ये ८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आज कुनै पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । आजको कारोबारमा सबैभन्दा बढी शेयरमूल्य बढेको कम्पनीमा खप्तड लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आइतबार ६ कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट हुँदा हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १५:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।