काठमाडाैँ । आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया