काठमाडाैँ । मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।
आज छापावाला सुन प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज पनि स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो पनि मूल्य स्थिर रहँदै चाँदी १ हजार २९५ रुपैयाँमै कारोबार भएको थियो ।




















प्रतिक्रिया