काठमाडाैँ । बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।
आज सुनको सुन तोलामा ६०० रुपैयाँले घटेसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया