Logo

बैंकिङ

कृषि विकास बैंकका नव नियुक्त सीईओ गुरुङले सम्हाले कार्यभार



काठमाडौँ । कृषि विकास बैंकका नव नियुक्त सीईओ गोबिन्द गुरुङले कार्यभार सम्हालेका छन् । पदभार ग्रहण गरेका छन् । गुरुङलाई शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पदमा नियुक्त गरेको थियो ।

उनले बैंक सञ्चालक समितिको कार्यवाहक अध्यक्ष तथा सीईओ छनौट समितिका संयोजक सुमन दाहालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् । अब उनले आगामी चार वर्षसम्म बैंकको नेतृत्व सम्हाल्नेछन् । कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए । तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ ।

बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो । सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका हुन् । सिभिल बैंकको पूर्व सिईओ रहेका गुरुङले म्यानमार सिटिजन बैंकको समेत नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १४:०२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।