काठमाडाैँ । आज (मंगलबार) सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २९० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाका १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया