Logo

अर्थ

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार मर्जर कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले नौं महिनाको लामो छलफलपछि हिमालयन र सिभिल मर्जरमा जान सफल भएको बताए ।

सीईओ राणाले दुवै बैंकका लागि यो मर्जर ऐतिहासिक भएको बताए । उनले अहिलेको अवस्थामा ठूला बैंक आवश्यक ठानेर मर्ज भएको बताए ।

एकीकृत भएसँगै बैंकको शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर हुने छ भने कर्मचारी १९७३ जना भएका छन् । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । अर्थात मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुगेकाे छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ११:५०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।