काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु ३ सयले बढेको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख २ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख २ हजार ८ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख २ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २ सय ७५ पुगेको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया