Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

गत आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ काय भएको छ । गत आइतबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ११:३७   :  बजे

447
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।