Logo

बैंकिंग

ग्लोबलका ग्राकलाई ल्याण्डमार्कमा विशेष छुट



ग्लोबल आइएमई बैंक लि.का ग्राकले ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबार बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र रिसोर्टको तर्फबाट उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन्  । 

सम्झौतापश्चात ल्याण्डमार्क होटल रिसोर्ट को काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट,  प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् । 

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार