Logo

अर्थ

भाष्करराज राजकर्णिकार कर्जा सूचना केन्द्रको कालोसूचीमा



एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकार कालोसूचीमा परेका छन् । बैंकिङ्ग कसुरको अपराधमा उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

उनले जग्गा खरिद गरि धनीलाई चेक दिएका थिए । तर खातामा मौज्जात नभई चेक अनादर भएपछि बैकिङ कसुर ठहरपश्चात उनी कालोसूचीमा परेका हुन् । राजकर्णिकारले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा )को चेक अनादर गरेपछि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन नहुने पनि बैंकिङ कसूर तथा सजाय (पहिलो संशोधन) ऐन, २०७३ मा स्पष्ट पारिएको छ ।

राजकर्णिकारले सोही जग्गा धितो राखेर नबिल बैंकबाट कर्जा लिएका छन् । अन्य  विभिन्न वित्तीय संस्थाबाट समेत कर्जा लिएको देखिएको छ ।

कस्तो अवस्थामा कालोसूचीमा परिन्छ ?

समयमै ऋण नतिर्ने, ऋण अपचलन गर्ने, चेक बाउन्सलगायतको अवस्थामा व्यक्ति तथा संस्थाहरुलाई कालोसूचीमा पर्ने गरेका छन् ।

कर्जाको साँवा वा साँवाको कुनै किस्ता वा ब्याजको भुक्तानी मिति एक वर्ष नाघेमा (कुनै ऋणीले उपयोग गरिरहेको विभिन्न कर्जा/सुविधामध्ये कुनै एउटा मात्र कर्जाको भुक्तानी मिति नाघेमा पनि), तर, सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले अवस्था र औचित्य हेरी बढीमा तिन महिनासम्म थप समय प्रदान गर्न सक्नेछ ।

कर्जा तथा सुविधाको दुरुपयोग गरेको प्रमाणित भएमा पनि कालोसूचीमा राखिन्छ । यस प्रयोजनको लागि “दुरुपयोग” भन्नाले प्रयोजन खुलाई लिएको कर्जा रकम सम्बन्धित प्रयोजनमा प्रयोग नगरेको, परियोजना सञ्चालनमा नरहेको, निरीक्षण तथा सुपरिवेक्षणको क्रममा सुपरिवेक्षक, लेखापरीक्षकबाट दुरुपयोग भएको प्रमाणित भएको अवस्थामा कर्जा तथा सुविधाको दुरुपयोग गरेको मानिने छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १९:४९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।