काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको मूल्य (बुधबार) स्थिर रहेकाे छ ।
आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया