काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया