काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जस मध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भई योग्य आवेदकको संख्या १३ लाख ९३ हजार १५३ कायम भएको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर निष्काशन गरिएको छ । गोलाप्रथाबाट ३ लाख ५८ हजार १ सय ७६ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ ।




















प्रतिक्रिया