काठमाडौं । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीले सजिलै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ ।
सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत ‘इन्स्योरेन्स’को ‘पे प्रिमियम’मा गई ‘आइएमई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन् ।
उक्त सेवा ग्राहकलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको हो ।




















प्रतिक्रिया