काठमाडौं । नेपाली बजारमा (मंगलबार) सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया