Logo

अर्थ

पाँच सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा (मंगलबार) सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला प्रतितोला  १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ११:२४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।