Logo

अर्थ

नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक मंगलवार २७.३१ अंकले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७९ अंकले बढेर ३५५.४५ बिन्दुमा पुगेको छ ।कारोबार अवधिभर २६२ कम्पनीको ३३ लाख ३ हजार ७३१ कित्ता सेयर किनबेच भएको छ । यसदिन ९४ करोड १३ लाख ६३ हजार ९४१ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । आज कारोबार भएका कम्पनीमध्ये २०१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४१४.८० रुपैयाँ पुगेको छ । त्यसैगरी, आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.६९प्रतिशतले बढेर प्रतिकित्ता १०७५ रुपैयाँ पुगेको छ ।

आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ३ प्रतिशत भन्दाबढीले  घटेको छ । त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड १० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १५:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।