नेपाल उद्योग वाणिज्य महासंघको एसाेसिएट तर्फकाे उपाध्यक्षमा ज्याेत्सना श्रेष्ठ विजयी भएकी छन् । भरतराज आचार्यलाई हराउदै उनी विजयी भएकी हुन् ।
एसाेसिएट उपाध्यक्षका लागि ज्याेत्सना श्रेष्ठ रामचन्द्र संघई समूहबाट उम्मेदवार बनेकी थिइन् भने उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवार बनेका आचार्यलाई अञ्जन श्रेष्ठ समूहकाे समेत समर्थन रहेकाे थियाे ।
हालसम्मको नजिता अनुसार उमेशलाल समूहबाट विजयी हुने सदस्यहरुकाे संख्या ठूलाे । वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहबाट हेमराज ढकाल र जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र समूहबाट सुरकृष्ण वैद्य विजयी बनिसकेका छन् । यससँगै उपाध्यक्षमा अञ्जन श्रेष्ठ समूह निल भएको छ ।





















प्रतिक्रिया