Logo

उद्योग

एशियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरु बजारमा



घरधनीहरुले भोग्नुपरेको एक प्रमुख समस्या नुनिया रहेको र यस कारण भित्री र बाहिरी दुवै भित्ताहरुमा समस्या आउन सक्छ । एशियन पेन्ट्सद्वारा हालसालै ७ अप्रिल, २०२३ मा होटल सोल्टी, काठमाडौंमा आयोजना गरिएको एक समारोहमा २००ं डिलरहरुको माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ ।

जसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्छ । अरु दुई उत्पादन रोयल प्ले समुह अन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेका छ । यी रोयल प्ले समुहका उत्पादनहरुले चाहिँ तपाइको घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने सपनाहरु पूरा गरिदिन्छ ।

सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ । यो ईटाहरु, ढुङ्गाहरु र क्ले टायलहरुको लागि अनुकूल छ र तपाईंको घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ । त्यसैगरि हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन हो । जुन प्लाष्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त छ ।

रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ । अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले तपाईंको भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ०७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।