Logo

उद्योग

महासंघको वस्तुगततर्फ उमेशलाल पक्षका ८ र अञ्जन पक्षका ६ जना सदस्य निर्वाचित



नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको नतिजा आएको छ । वस्तुगतबाट १४ जना कार्यसमितिमा चुनिने व्यवस्था छ ।

वस्तुगत सदस्यमा नरेशलाल श्रेष्ठ, हरिबहादुर कार्की, शिवप्रसाद घिमिरे, लिलेन्द्र प्रधान, अरनिको राजभण्डारी, सुवोधकुमार गुप्ता, रविन पुरी, नानीराज घिमिरे, भक्तबहादुर हमाल, शोभा ज्ञवाली, मनोज अधिकारी, कमला श्रेष्ठ, पशुपतिदेव पाण्डे र राजकुमार कार्की विजयी भए ।

वस्तुगतमा उमेशलाल श्रेष्ठको बहुमत आएको छ । वस्तुगतमा उमेशलालको प्यानलबाट ८ र अञ्जनको प्यानलबाट ६ जना निर्वाचित भए । उमेशको प्यानलबाट नरेशलाल श्रेष्ठ, लिलेन्द्र प्रधान, हरिबहादुर कार्की, सुवोधकुमार गुप्ता, नानीराज घिमिरे, भक्तबहादुर हमाल, कमला श्रेष्ठ र पशुपतिदेव पाण्डे रहेका छन् ।

वस्तुगतमा अन्जनको टिमबाट निर्वाचन जित्नेमा शिवप्रसाद घिमिरे, शोभा ज्ञवाली,रविन पुरी, राजकुमार कार्की, मनोज अधिकारी र अरनिको राजभण्डारी रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ०८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।