Logo

अर्थ

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनःनिर्वाचन हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पुनः हुने भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हाे ।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा थिए । अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ । ८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन । महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ११:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।