काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पुनः हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार पाएका छन् भने उमेशलाल श्रेष्ठले दोस्रो धेरै मतभार पाएका छन् । वरिष्ठ उपाध्यक्ष उम्मेदवारहरुमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत, उमेशलाल श्रेष्ठ ३१.५१ प्रतिशत, रामचन्द्र संघाई ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन्
तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघाई पहिलो चरणबाटै बाहिरिएका हुन् । महासंघको इतिहासमै पहिलोपटक दोस्रो चरणको मतदान हुने भएको हो ।



















प्रतिक्रिया