Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ । यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबबेच भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १२:२५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।