काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज नेप्से २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७२ अंकले घटेर ३६७.९८ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँमा कारोबार भएको छ।
कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन् । आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३००.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०१.८० रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको सेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५५.१० रुपैयाँ पुगेको छ ।
आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ५.५० प्रतिशतले घटेको छ । त्यसैगरी कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।




















प्रतिक्रिया