काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा डिजिटल वालेट नमस्ते पेले नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत प्रयोगकर्ताले नमस्ते पे एप आफ्नो मोबाइलमा इन्स्टल गर्दा ८० रुपैयाँको ब्यालेन्स बोनस प्राप्त गर्नेछन् ।
यसका लागि प्रयोगकर्ताले नमस्ते पे मोबाइल एप डाउनलोड गरेर आफ्नो केवाईसी भेरिफाइ गर्नुपर्ने छ । यो अफर १५ वैशाखसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । साथै प्रयोगकर्ताले एप डाउनलोड गरेको २४ देखि ४८ घण्टामा ८० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।





















प्रतिक्रिया