काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । आज बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको छ । यसअघि सर्वसाधारणलाई जारी हुनेमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ भने ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्म यो आईपीओमा १० लाख ७१ हजार ४९३ आवेदकबाट १ करोड १९ लाख ३० हजार ४७० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा ९.३८ गुणाले बढी हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी १ लाख २७ हजार १८६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन् ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया