Logo

अर्थ

यस्तो छ बजारमा आउन लागेको एफडी मोटर्सका इलेक्ट्रीक स्कुटर (भिडियाेसहित)

रिसाइकल सुविधानसहितको ब्याट्री, भरपर्दो मोटर



काठमाडौं । ग्रन्थ इलेक्ट्रीक भेहिकल कम्पनीले एफडी मोटर ब्राण्डका इलेक्ट्रीक स्कुटर बजारमा ल्याउँदै छ । कम्पनीले यही वैशाख २३ गते एक कार्यक्रमकाबीच एफडी ब्राण्डका स्कुटरहरु लञ्ज गर्न लागेको हो । विभिन्न कम्पनीद्वारा उत्पादित बलिया र मजबुत पार्टपुर्जाहरु भेला गरेर त्यसको समिश्रणबाट बनाइएका एफडी मोटर्सहरु बनाइएको कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुजन ढुंगेलले बताए ।

सीईओ ढुंगेलका अनुसार कम्पनीले सुरुमा दुई वटा मोडलका स्कुटर बजारमा ल्याएको छ । जसमा ‘एफ फाइभ ए’ र ‘एफ फाइभ’ मोडल रहेका छन् । यी दुई मोडलबीच लुक्स र ब्याट्रीमा भिन्नता छ । ग्राहकहरुको फरकफरक रुची र चाहनालाई मध्येनजर गर्दै फरक लुक्सको स्कुटर बजारमा ल्याइएको हो ।

कम्पनीका सीईओ ढुंगेलका अनुसार एफ फाइभ ए ले ९० देखि १०० किलोमिटर र एफ फाइभले ७० देखि ९० किलो मिटर माइलेज दिन्छन् । दुवै मोडलका स्कुटरमा अगाडी पट्टी १६, पछिडिपट्टी १४ इञ्च टायर प्रयोग गरिएको छ, जुन नेपालमा अहिलेसम्म कुनै पनि स्कुटरमा प्रयोगमा भएको छैन । ‘अहिलेसम्म अगाडि १६ र पछाडि १४ इञ्चको टायर पेट्रोल वा इलेक्ट्रिक कुनै पनि स्कुटरमा प्रयोग भएको छैन’, सीईओ ढुंगेलले भने, ‘नेपालको बाटोलाई सुहाउँदो, जस्तो बाटोमा पनि सहजै गुड्न सक्ने, नचप्लिने भनेर हामीले अध्ययन गरेरै १४ र १६ इञ्चको टायर हालेका हौं ।’

कम्फर्टेबल सिट रहेका यी स्कुटरमा कम्पनीले मुख्यगरी ब्याट्री, मोटर, कन्ट्रोलर, टायर साइज जस्ता कुरालाई नै ध्यान दिएको सीईओ ढुंगेलले बताए । ‘मुख्य कुरा इलेक्ट्रिक स्कुटरमा ध्यान दिने भनेको ब्याट्री र मोटर नै हो । त्यो कुरा कस्तो भयो भने चाहिँ नेपाली बाटोलाई सुहाउँछ भनेर हामीले अध्ययन गरेर ल्याएका हौं । फरक फरक कम्पनीको बेस्ट पार्टपुर्जा आयात गरेर बनाइएको हो’, उनले भने ।

सीईओ सुजन ढुंगेल

भर पर्दो ब्याट्री
कम्पनीका सीईओ ढुंगेलका अनुसार दुबै मोडलका स्कुटरमा एकदमै भपर्दो ब्याट्री प्रयोग गरिएको छ । स्कुटरमा प्रयो हुने ब्याट्री मुख्यतः तीन किसिमका हुन्छन्, ती हुन्–लिड एसिड ब्याट्री, लिथियम आयान ब्याट्री र लिथिएम फेरो पोस्फेट (एलफएपी) । यी सबै ब्याट्रीको आ–आफ्नै ‘साइकल लाइफ टाइम’ हुन्छ ।

लिड एसिड ब्याट्रीको साइकल लाइफ टाइम ३ सय देखि ५ सय हुन्छ । यो ब्याट्री बिग्र्यो भने रिसाइकल हुँदैन । फाल्नै पर्छ । फेर्नुको विकल्प हुँदैन । लिथियम आयान ब्याट्री लिड एसिडभन्दा केही गुणस्तरिय हो । तर यसको ७०० देखि ८०० मात्र साइकल लाइफ टाइम हुन्छ ।

एफडी मोटर्सको स्कुटरमा प्रयोग भएको ब्याट्रीमा अन्य कम्पनीको स्कुटरमा भन्दा बढी वारेन्टी दिइएको छ । अन्य कम्पनीले सामान्यतया १ देखि २ वर्ष दिँदै आएकोमा एफडी मोटर्सको स्कुटरको ब्याट्रीमा ३ बर्ष हुन्छ । जसको वैज्ञानिक आयु नै ५.४७ बर्ष हुन्छ ।

तर सीईओ ढुंगेलका अनुसार एफडी मोटर्सको स्कुटरमा प्रयोग गरिएको एलएफपी ब्याट्री यी तीन क्वालिटीकामध्ये सबैभन्दा राम्रो लिथियम फेरो फोस्फेट (एलएफपी) हो, जुन ब्याट्री एफडी मोटर्सको सकुटरमा प्रयोग गरिएको छ । यसमा २००० साइकल लाइफ टाइम हुन्छ, त्यो भनेको २० प्रतिशतबाट १०० प्रतिशत हुँदा एक साइकल मानिन्छ । यसरी दिनमा एक पटक फुल चार्ज गरी चलाउँदा २००० दिन सम्म चल्छ, त्यो भनेको ५.४७ बर्ष हो । यदि कुनै दिन अघिल्लै दिनको चार्जले चल्छ भने एक दिन साइकल थपिन्छ ।

एफडी मोटर्सको स्कुटरमा प्रयोग भएको ब्याट्रीमा अन्य कम्पनीको स्कुटरमा भन्दा बढी वारेन्टी दिइएको छ । अन्य कम्पनीले सामान्यतया १ देखि २ वर्ष दिँदै आएकोमा एफडी मोटर्सको स्कुटरको ब्याट्रीमा ३ बर्ष हुन्छ । जसको वैज्ञानिक आयु नै ५.४७ बर्ष हुन्छ ।

कम्पनीका अनुसार ‘फूल चार्ज’ हुन दुवै मोडलका स्कुटरमा रहेको ब्याट्रीलाई साढे ४ देखि ५ घण्टा लाग्छ । यसका अलावा द्रुत गतिमा चार्ज गर्न सकिने ‘फासट चार्जर’ पनि उपलब्ध छ । ‘हामीले १० एम्पियरको चार्जर राखेका छौं । तर हामीसँग भएको अर्को २० एम्पियरको चार्जरले त्यत्तिनै क्षमताको ब्याट्री हाफ टाइममा फूल चार्ज हुन्छ’, सीईओ ढुंगेलले भने ।

सीईओ सुजन ढुंगेल र अपरेटिङ अफिसर जीवनकुमार शाही (दायाँबाट क्रमश:)

लाइफ साइकल राम्रो भएको ब्याट्रीमा रिसाइकलको सुविधा
कम्पनीका अनुसार एफडी मोटर्सको स्कुटरमा प्रयोग गरिएको एलफएपी ब्याट्री सहजै रिसाइकल गर्न सकिन्छ । एलएफपी ब्याट्री सेल–सेलको प्रयोगबाट बनेको हुन्छ । यो ब्याट्रीको सेल बिग्रेमा बिग्रेको सेल कुन हो भनेरे कम्युटरको माध्यमबाट हेर्न सकिन्छ । त्यसको भोल्टेज र एम्पियरलगायतका कुरा हेरिसकेपछि ड्यामेज भएको सेल चाहिँ फेर्न सकिने कम्पनीका अपरेटिङ अफिसर जीवनकुमार शाहीले बताए ।

‘ब्याट्री रिसाइकल सेवा सबैले दिन सक्दैनन् । हाम्रो यहाँ एसेम्बल हुँदा पो सबै हामीले यहाँ बनाएका हुन्छौं । एउटा पार्ट्स कुन बिग्रेको छ, कम्युटरमा हेरेर तत्कालै यो फेर्नुपर्छ भन्छौं । त्यो फेरेपछि मेन्टेनेन्स सजिलै हुने भयो’, उनले भने, ‘तर आयात गरेको चिजमा त ब्याट्री बिग्र्यो, तर कुन बिग्र्यो–बिग्र्यो थाहा हुँदै । ब्याट्री फेर्नुको विकल्प हुँदैन । त्यसपछि पैसा धेरै लाग्ने भयो । अनि जत्ति पनि अगाडि इलेक्ट्रीक स्कुटर चढेका छन्, उनीहरुलाई विश्वास छैन । त्यो चाहिँ मुख्यगरी ब्याट्री र मोटरबारे नबुझेर हो ।’
एलएफपी ब्याट्रीमा लगाइएको केमिलहरुका कारण यसमा कहिल्यै आगो लाग्ने र विस्फोट हुने सम्भावना हुँदैन । यसमा लगाइएको थर्मल म्यानेजमेन्ट पनि अरु ब्याट्रीको तुलनामा एकदम राम्रो हुन्छ ।

एफ डी मोटर्सले सुरुमा खरिद गर्ने ग्राहकका लागि विशेष खालको सुविधा पनि ल्याएको छ, जुन सुविधा अहिलेसम्म विश्वमा नै कुनै कम्पनीले दिएका छैनन् । एफडी मोटर्सले सुरुमा निर्धारण गरिएको मूल्यमा खरिद गरेका ग्राहकलाई पछि मूल्य घट्यो भने सुरुको ग्राहकबाट लिएको ‘एक्स्ट्रा रकम फिर्ता गर्नेछ ।

जसले किन्छ उसले ब्याट्रीमै ध्यान दिनुपर्ने कम्पनीका अपरेटिङ अफिसर शाही बताउँछन् । ‘ब्याट्री बिग्र्यो भने फेर्नुको विकल्प छैन भनेर अहिले भनिरहिएको छ नी ! यी चाहिँ लहैलहैमै आयात भएर आएका स्कुटरका समस्याहरु हुन् । जसले समग्र बजारमा नकरात्मक सन्देश प्रवाह गरेको छ । तर एफडी मोटर्सको त्योभन्दा धेरै गुणा राम्रो र ढुक्क हुन सकिने ब्याट्री हो’, उनले भने ।

शाहीका अनुसार अहिले इलेक्ट्रिक स्कुटरको ब्याट्रीबारे बढी कम्फ्युजन भएको चाहिँ किन भने, उनीहरुले ब्याट्रीको ब्राण्ड, विशेषतालगायतबारे नबुझेर आयात भएका हुन् । त्यही प्रयोग गरेपछि ग्राहकलाई अहिले पनि ब्याट्रीमा आशंका भएको उनले बताए । एफडी मोटर्सको स्कुटरमा ब्याट्री ‘जेरो प्रतिशत’ नभएसम्म चल्छ । यद्यपि ब्याट्रीको आयु बचाउन त्यसो नगर्न कम्पनीको सुझाव छ ।

कति पर्छ एफडी मोटर्सको स्कुटर ?
एफडी मोटर्सले अहिले ठ्याक्कै मूल्य निर्धारण गरिसकेको छैन । तर २३ वैशाखमा लञ्ज हुँदा यो निर्धारण भइसक्ने कम्पनीको भनाइ । ‘अहिले ठ्याक्कै मूल्य तोकिसकिएको छैन’, सीईओ ढुंगेलले भने, ‘अहिले (६ वैशाख) ठ्याक्कै मूल्य नतोकिएको भए पनि एफ फाइभ ए लाई २ लाख ९० हजार भन्दा कम र एफ फाइभलाई २ लाख ५० हजारभन्दा कम मूल्य निर्धारण हुन्छ ।’

एफ डी मोटर्सले सुरुमा खरिद गर्ने ग्राहकका लागि पनि विशेष खालको सुविधा पनि ल्याएको छ, जुन सुविधा अहिलेसम्म विश्वमा नै कुनै कम्पनीले दिएका छैनन् । एफडी मोटर्सले सुरुमा निर्धारण गरिएको मूल्यमा खरिद गरेका ग्राहकलाई पछि मूल्य घट्यो भने सुरुको ग्राहकबाट लिएको ‘एक्स्ट्रा रकम’ फिर्ता गर्नेछ । पछिल्लो मूल्यलाई आधार मानेर अगाडि लिइएको बढी रकम फिर्ता गरिने अपरेटिङ अफिसर शाहीले भने ।

‘आज किन्ने ग्राहकलाई के फाइदा त भोलि हाम्रो कस्ट कम हुँदै गर्दा भनेर हामीले खर्च घटाइदिने निर्णय गरेका छौं’, उनले भने, ‘अरुले चाहिँ बेचेपछि सकियो, जत्ति लियो–लियो । तर हामीले चाहिँ एक्ट्रा पैसा फिर्ता गरिदिन्छौं ।’

पैसा कम हुनेका लागि सहज फाइनान्सिङ अफर !
एफडी मोटर्ससँग ग्राहकहरुको सजिलोका लागि फाइनान्सिङ अफर पनि छ । त्यसका लागि एक वाणिज्य बैंकसँग एमओयू हुन लागेको कम्पनीका सीईओ ढुंगेलले बताए । ओपनिङमा एमओयू भइसक्ने र त्यसबारे जानकारी त्यहीदिन दिइने उनले बताए । ‘ग्राहकहरुको सहजताका लागि हामीले फाइनान्सिङ अफर पनि हामीसँग छ’, ढुंगेलले भने, ‘नेपालको क वर्गको एक वाणिज्य बैंकसँग एमओयू हुँदैछ । उक्त बैंकले २० प्रतिशत ‘डाउन पेमेन्ट’मा सहुलियत ब्याजदरमा फाइनान्सिङ गरिदिन्छ ।’

इभीई (इलेक्ट्रीक भेहिकल)लाई सरकारले पनि प्रोमोट गर्ने नीति लिएको छ । जसकारण पनि ब्याजदरमा सहुलियत हुने कम्पनीको विश्वास छ ।

एफडी मोटर्सले चार पाङ्ग्रे गाडी पनि ल्याउँदैछ ?
इलेक्ट्रीक स्कुटरले राम्रो बजार लिँदै गयो र चार पाङ्ग्रे गाडीको पनि माग बढ्न थाल्यो भने कम्पनी त्यही अनुसार अघि बढ्ने सीईओ ढुंगेल बतउँछन् । ‘जनामाना नै इभीईको हुँदै गएपछि भोलिका दिनमा गाडी पनि आउन सक्छ । तर तत्कालको फोकस चाहिँ स्कुटर नै हो’, उनले भने ।

इलेक्ट्रीक स्कुटर चढिसकेकाहरुमा आफूले इलेक्ट्रीक स्कुटर किनेको र चढेकोमा उत्साहित छैनन् । ‘किनिहालियो’ भनेर चढ्नेहरु धेरै छन् । एफडी मोटर्सका अनुसार यो समस्या झेल्नुको पछाडि स्वंय ग्राहकै जिम्मेवार छन् ।

सीईओ ढुंगेलका अनुसार मोटरसाइकल भने ल्याउने सम्भावना निक्कै कम छ । मोटरसाइकल सामान्यतः लामो यात्राका लागि पनि ग्राहकले प्रयोग गर्ने हुँदा इभीई मोटरसाइकलको माग कम हुने कम्पनीको अनुमान छ । माग नभएपछि कम्पनीले इभीई मोटरसाइकल बजारमा ल्याउने सम्भावना कम रहेको उनले बताए ।

इलेक्ट्रीक सवारी चढिसकेका किन छन् दिक्क ?
इलेक्ट्रीक स्कुटर चढिसकेकाहरुमा आफूले इलेक्ट्रीक स्कुटर किनेको र चढेकोमा उत्साहित छैनन् । ‘किनिहालियो’ भनेर चढ्नेहरु धेरै छन् । एफडी मोटर्सका अनुसार यो समस्या झेल्नुको पछाडि स्वंय ग्राहकै जिम्मेवार छन् ।

‘इलेक्ट्रीक स्कुटर किन्दा ग्राहकले विभिन्न किसिमका समस्या भोग्दै आए । त्यही भएर अहिले पनि ग्राहकमा आशंका छ’, सीईओ ढुंगेलले भने, ‘तर इलेक्ट्रिक जनामा आयो भनेर टेक्नोलोजी, स्टडी, रिसर्च नगरी स्कुटर किने । ब्याट्री के हो, मोटर के हो भन्ने जस्ता यावत कुरा नबुझी ग्राहकले निर्णय लिँदा यो परिणाम भोग्नुपरेको हो ।’

एफडी मोटर्सको स्कुटर किन्नेले भने यस्ता समस्या भोग्नु नपर्ने ढुंगेलले बताए । ‘यी सबै समस्यालाई हामीले झन्डै तीन वर्षको अध्ययनपछि नेपालको बाटो सहाउँदो र जनतालाई कतिसम्मको एफोर्ट गर्न सक्छ ? जस्ता सबै कुरालाई फोकस गरेर यो स्कुटर डिजाइन गरेको हो’, उनले भने । एफडी मोटर्सको मुख्य प्राथमिकता ग्राहकहरुलाई सचेत गराउने रहेको सीईओ ढंगेलले बताए । ‘कुन टेक्नोलोजी कस्तो ? अरुमा कस्तो र हाम्रोमा कस्ता टेक्नोलोजी प्रयोग भएको छ जस्ता कुरालाई हामीले फोकस गरेका हौं’, उनले भने, ‘अहिलेको हाम्रो मुख्य प्राथमिकता भनेको ग्राहकलाई सचेत गराउने नै हो ।’

भिडियाे:-

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १८:१४   :  बजे

396
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।