काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डमा तीन कम्पनीको आवेदन परेको छ । केही दिनअघि मात्र सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जसँगै कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स जारी गर्न पाउने गरी धितो पत्र बोर्डको पक्षमा गरेको फैसला आधारमा १० दिनको म्याद राखेर नयाँ स्टक एक्सचेन्जका लागि आवेदन माग गरिएको थियो ।
आइतबार (अन्तिम दिन)सम्ममा हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको हो । हिमालय एक्सचेन्जको नाममा गत शुक्रवार नै आवेदन परेको हो भने नेशनल डिलर एक्सचेन्ज र अन्नपूर्ण एक्सचेन्जको नाममा आज ९आइतबार० मात्र बोर्डमा आवेदन परेको हो ।
नयाँ स्टकका लागि परेको तीन वटा आवेदनमा खासगरी उच्च व्यावसायिक घरानाहरूको प्रतिस्पर्धा देखिएको छ । यसअघि नै हिमालयन–रि इन्स्योरेन्सको लाइसेन्स पाई व्यवसाय समेत चलाइरहेका व्यावसायिक ग्रुप शंकर समूहले नै हिमालयन स्टक एक्सचेन्जका लागि आवेदन दिएको छ । यस ग्रुपमा शंकरलाल अग्रवालसँगै गोल्छा अर्गनाइजेशन एवं नेपाल वाणिज्य उद्योग महासंघको निवर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघकै पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा लगायतको सहभागिता रहेको छ ।
यसैगरी आवेदन परेको नेशनल स्टक एक्सचेन्जका लागि गैरवासीय नेपाली संघ (एनआरएनए) हरुको आकर्षण देखिएको छ भने अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा अन्नपूर्ण मिडिया हाउसका सञ्चालक क्याप्टेन रामेश्वर थापासहितको टोलीको आवेदन परेको बुझिएको छ ।




















प्रतिक्रिया