Logo

अर्थ

आईएमई पेमा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा ५० रुपैयाँ बोनस



काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आईएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिँदै आएको छ ।

‘आईएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिँदै ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १८:४१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।