Logo

प्रमुख समाचार

गोलञ्जोर गापा अध्यक्ष र उपाध्यक्षले पत्रकारलाई जथाभावी पैसा बाँडेर भ्रष्टाचार लुकाएको आरोप



सिन्धुली । गोलञ्जोर गाउँपालिकामा अध्यक्ष शंकर बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने मिलेर भ्रष्टाचार गरेको गाउँपालिका अन्तर्गतको लेखा समिति संयोजक दौलत कार्कीले आरोप लगाएका छन् ।

अनलाइन पानालाई प्राप्त विवरणहरुमा पनि गाउँपालिका अध्यक्ष शंकर बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले गाडी डेकोरेशन, इन्धन उपयोग र भत्ता लिएको विषयमा अनियमितता गरेको पाइएको छ। लेखा समिति संयोजक समेत रहेका गोलञ्जोर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दौलत कार्कीले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षलाई गाउँपालिकाको बजेट जथाभावी खर्च गरेको प्रमाणसहित सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका छन् ।

उनले पछिल्लो समय पत्रकारहरुले गाउँपालिकाबाट पैसा बुझेर समाचारहरु नलेखेको आरोप समेत लगाएका छन् । पैसा बुझेका पत्रकार र पत्रकारहरुका संस्थाहरुको विवरण सार्वजनिक गर्दै कार्कीले गाउँपालिकामा अनियमितता भएको विवरण सार्वजनिक गर्दा पनि समाचार नलेखेको भन्दै पत्रकारहरुमाथि नै प्रश्न गरेका छन् । उनले सार्वजनिक गरेको विवरणहरुमा विभिन्न सूचनाहरु प्रकाशित गरेको शिर्षकमा झण्डै पाँच लाख बराबरको पैसा बाँडिएको देखाइएको छ ।

अनलाइन पानाले यी विषयमा गोलञ्जोर गाउँपालिकासँग आधिकारिक सूचना माग गरेको निवेदन समेत पठाएको छ। तर तीन दिन अघिदेखि पठाइएको सो निवेदनअनुसारको सूचना गाउँपालिकाले अहिलेसम्म उपलब्ध गराएको छैन ।

याे पनि पढ्नुहाेस्

स्थानीय तहमा भ्रष्टाचार : गोलञ्जोर गापा अध्यक्ष र उपाध्यक्षले लिन्छन् कानूनले तोकेभन्दा बढी भत्ता

गोलञ्जोर गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा गाडी डेकोरेसन र इन्धनमै भ्रष्टाचार

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  ७ : ३० बजे

1.656k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।