Logo

अर्थ

केको पर्खाइमा छ शेयरबजार, किन घटिरहेको छ ?




काठमाडौं । आइतवार नेप्से परिसूचक १९दशमलव १२ अंकले घटेर १हजार ८सय ५०दशमलव ६१ विन्दुमा अडिएको छ । सरकारले थप पूर्णता पाउँदै गर्दा र मौद्रिक नीति सार्वजनिक हुने दिन नजिकिँदै गर्दा पनि शेयर बजारले आशातित लय नसमात्नु आम लगानीकर्ताको लागि टाउको दुखाईको विषय बनेको छ ।

केन्द्रीय बैंकले यसै साता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ ।गत बिहीवार झिनो अंकले मात्र अर्थात १२ दशमलव ७३ अंकले बढेको नेप्सेको उक्त दिन कूल कारोवार रकम ६६ करोड ९१ लाख बराबर थियो भने आइतवार थप कारोबार रकम घट्दा ६० करोड ६२ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । मौद्रिक नीति समीक्षा सार्वजनिक हुने दिन नजिकिंदै गर्दा सेयर बजार भने थप घटिरहेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले लगानीकर्ताको मनोबल बढ्नेगरी लगानीमैत्री वातावरण तयार पार्ने आश्वासन दिइरहेपनि लगानीकर्ताहरु आश्वस्त बन्न नसक्दा शेयर बजार निरन्तर घटिरहेको विश्लेषकहरु बताउँछन् ।आम लगानीकर्ताहरु अर्थमन्त्री र सरकारले लिने नीति भन्दा पनि नेपाल राष्ट्र बैंकले ल्याउने नीतिको पखाईमा छन् ।

केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत केही लचिलो नीति घोषणा हुने लगानीकर्ताहरुको अपेक्षा रहेको छ । त्यसो त अर्थमन्त्री डा. प्रकाश शरण महतले पनि वित्तीय नीतिमा कुनै हेरफेर गर्र्ने ठाउँ नरहेको बरु मौद्रिक नीतिले नै अर्थतन्त्रका वर्तमान चुनौति समाधान गर्न सक्ने बताउनुभएको छ ।

यतिखेर बैंकमा तरलता सहज हुँदै गएको छ तर ब्याजदर महँगो भएकाले कर्जा प्रवाह हुन सकेको छैन । बैंकमा थुप्रिएको खरबौं रुपैयाँ लगानी गर्ने वातावरण तय गर्न पनि केन्द्रीय बैंकले ब्याजदर घटाउने किसिमको नीति लिन सक्ने धेरैको अनुमान रहेको छ । ब्याजदर घटाउने, सेयर बजारमा १२ करोडको सीमा हटाउने, सेयर कर्जाको जोखिमभार सय प्रतिशतमा ल्याउने लगायतका नीतिगत सुधार हुनेमा लगानीकर्ताहरु यतिखेर आशावादी बनेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १७:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।