Logo

प्रमुख समाचार

झिटीगुण्टा नियमावली संशोधन, विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने



काठमाडौं । सरकारले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकले यो नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । जसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप मोवाइल ल्याउन पाउने व्यवस्था मिलाउन प्रतिवद्धता व्यक्त गरेका थिए ।

अब मन्त्रिपरिषद्‌को यो निर्णय लागू भएपछि निर्वाध रुपमा आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ । साथै मन्त्रिपरिषद बैठकले एमडीएमएस पनि लागू गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  ६ : ५५ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।