Logo

प्रमुख समाचार

अब ट्वीटरबाटै भ्वाइस र भिडियो कल !



एजेन्सी । एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । त्यसैअनुसार एलन मास्ककाे चर्चा परिचर्चा पनि भइरहेकाे छ । ट्वीटरमा आएका परिवर्तनहरुमा प्रयोगकर्ताको तीव्र आलोचना पनि भइरहेकाे छ। ट्वीटरकाे विकल्पका बारेमा पनि साेच्न थालिएकाे चर्चा भएकाे छ ।

तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ । यसैबीच ट्वीटरले पछिल्लो पटक प्रयोगकर्ताको वाहवाही पाउने खालको घोषणा गरेको छ । कम्पनीका अनुसार प्लाटफर्ममा केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै थप हुँदैछन् ।

ट्वीटरका अनुसार यसको डाइरेक्ट मेसेज अर्थात् डिएम फिचरमा अत्यन्तै आवश्यक ठानिएको परिवर्तन गरिँदैछ जस अन्तरगत डिएमभित्र डिएम रिप्लाइज फिचर थपिनेछ ।यसबाट प्रयोगकर्ताले आफ्नो ट्वीटरमा कसैले पठाएको डाइरेक्ट मेसेजको जवाफ दिन सक्दछन् । यसले ट्वीटरमा हुने संवादलाई सरल तथा सहज बनाउनेछ ।

अहिले ट्वीटरको डिएममा कुनैपनि खास मेसेजलाई नै थिचेर त्यसको मात्र रिप्लाई दिन सकिने सुविधा छैन र सोलोडोलो डिएममै जवाफ लेख्नु पर्दछ । यसका साथै ट्वीटरको डिएममा इमोजी छान्ने नयाँ टुल पनि थपिएको छ । जसबाट प्रयोगकर्ताले डिएममा सहजै इमोजी छानेर पठाउन सक्दछन् ।

यस विषयमा ट्वीट मार्फत् जानकारी गराउँदै एलन मस्कले अब निकट भविष्यमै डिएममा हुने संवादहरु इनक्रिप्सन मार्फत् सुक्षित हुने पनि बताएका छन् । जसका कारण तेस्रो पक्षले ट्वीटरमा हुने संवाद हात पार्न सक्नेछैन ।

एलन मस्कले अर्को सबैभन्दा महत्वपूर्ण घोषणा पनि गरेका छन् । जस अनुसार अब ट्वीटरमा निकट भविष्यमै भ्वाइस तथा भिडियो कल पनि गर्न सकिनेछ । मस्कले भनेका छन्– यो फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ८ : ३४ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।