Logo

प्रमुख समाचार

बालुवाटार बैठकबाट ताेकियाे मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिकाे नेतृत्व



काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो । बैठकमा मधेस प्रदेशका नेताहरूसमेत सहभागी थिए ।

बालुवाटारको सहमतिसँगै अब नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन् । आफूहरू सरकारमा सहभागी हुने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए ।

हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको उनले बताए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ४ : १० बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।