Logo

प्रमुख समाचार

जनकपुरबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजमा मुसा भेटियो, उडान स्थगित



काठमाडौं । जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएको छ । ४९ यात्रुसहित काठमाडौंका लागि उड्नै लागेको विमानमा मुसार भेटिएपछि उडान स्थगित गरिएको छ ।

बुद्ध एयरका एक कर्मचारीका अनुसार विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको छ । अहिले इन्जिनियरले जहाजको अवस्थाबारे चेकजाँच गरिरहेका ती कर्मचारीले अनलाइनपानालाई जानकारी दिए ।

इन्जिनियरिङ जाँचपछि सोही विमान काठमाडौं आउने वा अन्य विकल्प खोज्नुपर्ने भन्ने थाहा हुने उनले बताए ।

प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार  १२ : ०९ बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।