Logo

गण्डकी प्रदेश

सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे



काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताएका छन् । प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, “गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीसँगको छलफलबाट नै सञ्चार विधयक ल्याई पास गर्ने तयारीमा छौँ ।”

मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय पत्रकारिताका नाउँमा व्यक्तिको चरित्रहत्या गर्ने काम भएको र सञ्चारकर्मीले गम्भीर तथा सोच विचारका साथ कलम चलाउनुपर्नेमा उनको जोड छ । सङ्घीयता विरोधी गतिविधि चलिरहेको वर्तमान अवस्थामा सञ्चारकर्मीले सङ्घीयता र लोकतन्त्रको पक्षमा कलम चलाउन आवश्यक रहेका बताउँदै उनले पत्रकारले त्यस्ता गतिविधिलाई मलजल हाल्ने किसिमले कलम नचलाउनसमेत आग्रह गरे ।

समाजलाई बाटो देखाउने पत्रकारले जुनसुकै अवस्थामा पनि सत्थ्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न छाड्न नहुने उनले बताए । पत्रकारितामा शुद्धिकरणको आवश्यकता पनि देखिएकाले त्यसतर्फ पत्रकार महासङ्घको ध्यान जान आवश्यक भएको कुरा उनले औँल्याए । “गलत प्रवृत्तिबाट गरिने पत्रकारिताको नियमन हुन जरुरी छ”, उनले भने, “सरकारका गलत कुरालाई गलत र सहीलाई सही भनेर सूचना जनतासम्म पुर्‍याउने काम सञ्चारकर्मीले गर्नुपर्छ ।”

प्रेस युनियन कास्कीका कार्यबाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन कास्कीद्धारा प्रदान गरिने विभिन्न पुरस्कारद्वारा पत्रकार रवीन्द्र बाँस्तोला, बिमला भण्डारी, रमेश पौडेल र नवीन सिग्देललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : जेष्ठ ७, २०८० आईतबार  १२ : २९ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।