काठमाडौं । मधेस प्रदेशमा आज (मंगलबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ ।
जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ ।
मधेस प्रदेशका मुख्य मन्त्री सरोज यादवसँग भएको छलफल अनुसार कांग्रेसले दुई वटा मन्त्रालय पाएको र आजै शपथ हुने तय भएको सभापति यादवले जानकारी दिए ।
मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफल अनुसार नेकपा एकीकृत समाजवादीले कृषि मन्त्रालय पाएको छ । सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ ।
जनमतको भागमा रहेको कृषि मन्त्रालय खोसेर एसकीकृत समाजवादीलाई दिइएको हो । लोसपाले पनि एक मन्त्रालय पाएको भए पनि मन्त्रालय निश्चित नभएकाले नाम दिइसकेको छैन ।
प्रतिक्रिया