Logo

प्रमुख समाचार

मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय



काठमाडौं । मधेश प्रदेश सरकारबाट माओवादी बाहिरिने निर्णय गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले छलफल नगरी सरकार पुनर्गठनको तयारी थालेको भन्दै माओवादीले मधेश सरकारबाट बाहिरिने निर्णय गरेको माओवादीका एक सांसदले बताएका छन् ।

मन्त्रालय भागबण्डाका लागि सोमबार बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।

मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् । एक साताअघि काठमाडौंमा भएको सत्ता गठबन्धनको बैठकले आलोपालो मुख्यमन्त्री बन्ने र पावर सेयरिङमा सहमत भएका थिए ।

प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार  २ : २१ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।