Logo

प्रमुख समाचार

मधेसमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले भौतिक पूर्वाधार तथा विकासमन्त्री र वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

यस्तै एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा शपथ लिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार  ४ : १२ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।