काठमाडौं । मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज सहभागी हुने भएको छ । लोसपा मधेस प्रदेशका प्रदेशसभा सदस्य रमेश पटेलको नेतृत्वमा सो पार्टी सरकारमा सहभागी हुन भएको हो ।
पार्टीका तर्फबाट वन तथा वातावरण मन्त्रालय सम्हाल्ने गरी सरकारमा जाने निर्णय भएको सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।
केन्द्रमा एउटा मन्त्रालय लिएको लोसपाले मधेस प्रदेशमा दुईवटा मन्त्रालय माग गरिरहेको छ । तर एउटा मन्त्रालयमा सहमति भएको छ । गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेसँगै मधेसमा पहिलो चरणमा जसपाले त्यसको नेतृत्व गरिरहेको छ ।
मुख्यमन्त्री सरोज यादवले पहिला कृषि मन्त्री रहेका जनमतका वसन्त कुशवाहा र कृषि राज्यमन्त्री सञ्जय यादवलाई अहिले विना विभागीय मन्त्री बनाएका छन् । माओवादी केन्द्रले पनि दुईवटा मन्त्रालय माग गर्दै आएको छ ।
प्रतिक्रिया