काठमाडौं । काठमाडौंबाट भारतको बैंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्किएको छ। विमानमा चरा ठोक्किएको आशंकापछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै उक्त जहाज फर्किएको हो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बैंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंका भएपछि पुनः फर्किएको हो।
अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।





















प्रतिक्रिया